कोशी मा. वि. मा बालभित्ते पत्रिका विमोचन बराहक्षेत्र : सुनसरी बराहक्षेत्र ०८ बाग्झोरामा अवस्थित श्री कोशी मा.वि. मा मंगलबार एक औपचारिक कार्यक्रम गरी बालभित्ते पत्रिका विमोचन भएको छ । पालिकाबाट नमूना विद्यालय प्रस्तावित यस विद्यालयले विद्याथीहरुलाई शैक्षिक ज्ञान साथसाथै सर्वाङ्गिण विकासको ध्येयले बाल भित्तेपत्रिकाको अभ्यास विद्यालय तहमा ल्याइएको हो । विद्यार्थीहरूमा भएका आफ्ना लेख, रचना तथा समसामहिक विषयवस्तुको जानकारी र सृजनालाई उजागरण गर्नका लागि बाल उजागरण नारा सहित कोशी बालभित्ते पत्रिका अङ्क १ प्रकाशन गरिएको छ।
Social Plugin